IME Life New

बीमा साक्षरताका लागि बीमकले छुट्टै इकाइ स्थापना गर्नुपर्ने, प्राधिकरणको भूमिका कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बीमा साक्षरताका लागि छुट्टै ‘बीमा साक्षरता इकाइ’ स्थापना गर्नुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले तयार गरेको बीमा साक्षरता रुपरेखा–२०८१’को मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो। प्रस्तावित मस्यौदाको बीमा साक्षरतासम्बन्धी भूमिका तथा जिम्मेवारीमा प्राधिकरणले बीमा साक्षरताका लागि छुट्टै इकाइ खडा गर्नुपर्ने प्रस्ताव गरेको छ।

Esewa
Crest

बीमकले बीमा साक्षरता कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय कार्यलयमा बीमा साक्षरता इकाइ वा कुनै इकाइलाई सोको जिम्मेवारी तोकिएको हुनुपर्ने मस्यौदामा प्रस्ताव गरिएको छ। बीमासम्बन्धी सामान्यदेखि विशिष्ट ज्ञान सामग्रीको तयारी, बीमा साक्षरता सम्बन्धि आफुले सञ्चालन गरेका कार्यहरुको बीमा प्राधिकरणमा रिपोर्टिङ गर्ने र बीमा साक्षरतासम्बन्धी योजना तथा कार्ययोजना तर्जुमा गर्दा आधारभूत रुपमा प्राधिकरणबाट जारी बीमा साक्षरता ढाँचा २०८१ को बीमकले पालना गर्नुपर्नेछ।

यसैगरी बीमकले बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्दा बीमा पहुँच कम भएका स्थानहरुलाई कम प्राथमिकता दिनुपर्ने प्रस्ताव गरिएको छ। बीमा साक्षरतासम्बन्धी कार्यक्रमका लागि व्यक्ति तयार गर्न बीमकका कर्मचारीलाई आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्न सकिने व्यवस्था रुपरेखामा गरिएको छ।

बीमकले बीमा साक्षरतासम्बन्धी अध्ययन सामग्री नियमित रुपमा समप्रेषण गर्नुपर्ने, बीमकले बीमा साक्षरतासम्बन्धी आवधिक कार्ययोजना तयार गर्दा लक्षित वर्गको वित्तीय ज्ञान सिप मनोवृत्ति र व्यवहार परिवर्तनका लागि सैद्धान्तिक एवम व्वहारिक पक्षहरुलाई समेट्नुपर्ने रसर्वसाधारणले सहजै बुझ्नेगरी र सूचना पाउन सक्ने गरी आवश्यक संयन्त्रको विकास गर्नुपर्ने प्रस्ताव पनि मस्यौदामा गरिएको छ।

यस्तै बीमा साक्षरता कार्यक्रमहरु व्यवसाय विस्तार र व्यापारिक मनसायले नभई सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित हुनुपर्ने र बीमा साक्षरतासम्बन्धी कार्यक्रमहरु कुनै बिशेष भूगोल वा बिशेष वर्गमा मात्र केन्द्रित नभई संस्थाको कार्यक्षेत्रभित्रका सबै स्थान तथा सबै लक्षित समूहमा न्यायोचित ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि प्राधिकरणले गरेको छ।

बीमा साक्षरतामा बीमा प्राधिकरणको भूमिका

  • बीमासम्बन्धी सामान्यदेखि विशिष्ट ज्ञान सामग्रीको तयारी,
  • बीमा साक्षरता कार्यक्रम सञ्चालन गरी बीमासम्बन्धी जनचेता अभिवृद्धि गर्ने,
  • बीमा साक्षरतासम्बन्धी कार्यक्रमका लागि व्यक्ति तयार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने,
  • बीमा साक्षरता कार्यक्रमहरुको अनुगमन र मूल्यांकन गर्ने,
  • विभिन्न बीमाका विषयमा तालिम प्रदान गर्ने,
  • सम्बन्धित सरोकारवालाहरु सँग प्रभावकारी समन्वय गर्ने।

प्रस्तावित मस्यौदामा प्राधिकरणले रायसुझाव पनि मागेको छ। असोज ३० गतेभित्र सरोकारावालाहरुले प्राधिकरणको ई–मेलमा रायसुझाव पठाउन सक्नेछन्।

insurance litercy Framework

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS