IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन्।

कम्पनी सञ्चालक समितिको भदौ २७ गतेको निर्णयबाट हाल निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। सीईओमा नियुक्ति सम्बन्धमा कम्पनी र श्रेष्ठबीच सम्झौता भएको छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भएपछि लागू हुने गरी सञ्चालक समितिले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले जानकारी दिए। उनको नियुक्ति आउँदो असोज १८ गतेबाट ४ का लागि लागू हुने न्यौपानेले बताए।

गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो। त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।

साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ। साबिक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जरपछि उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नायब सीईओको जिम्मेवारी पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

87%
sad

दु :खी

3%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS