IME Life New

कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्तालाई सूचीकृत हुन आउन प्राधिकरणको आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्तालाई सूचीकृत हुन आउन आह्वान गरेको छ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्तालाई सूचीकृत हुन आउन आह्वान गरेको हो। यसका लागि प्राधिकरणको alis.nia.gov.np मा गई आफ्नो अकाउन्ट बनाई सूचीकृत हुन प्राधिकरणले सूचित गरेको छ।

Esewa
Crest

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प्राधिकरणको समन्वयनमा निर्माण भएको कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको रियल टाइम सफ्टवेयरमार्फत बीमा गर्ने कार्य सुचारु गर्ने तयारी भइरहेको छ। त्यसैले प्राधिकरणले अभिकर्तालाई सूचीकृत हुन आउन आग्रह गरेको हो।

यसका साथै सूचीकरण भएका कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ताले मात्र कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता भई कार्य गर्न पाउने प्राधिकरणले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS