IME Life New

एनएलजी इन्स्योरेन्सले गर्यो हकप्रद शेयरको आकारमा परिमार्जन, अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले पूर्वघोषित हकप्रद शेयरको आकारमा परिमार्जन गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले पूर्वघोषित हकप्रद शेयरको आकारमा परिमार्जन गर्ने निर्णय गरेको हो। जसअनुसार अब कम्पनीले आर्थिक वर्ष २०७९।८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ। यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।

Esewa
Crest

यसअघि कम्पनीले तत्काल कायम रहेको चुक्तापुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको ६६ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। उक्त हकप्रद जारी गर्न कम्पनीले बीमा प्राधिकरणसँग स्वीकृति पनि मागेको थियो। प्राधिकरणबाट स्वीकृति प्राप्त नहुँदै कम्पनीको १८ औँ वार्षिक साधारणसभाबाट ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत भएको थियो।

अब परिमार्जित ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि कम्पनीले बीमा प्राधिकरणसमक्ष स्वीकृतिका लागि निवेदन दिने निर्णय गरेको छ। प्राधिकरणबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट हकप्रद शेयर निष्कासनको प्रस्ताव अनुमोदन गर्दै थप प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS