IME Life New

साउनमा लघु जीवन बीमकले गरे करिब पौने ४ करोडको व्यापार, कसको कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लघु जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा करिब पौने ४ करोड रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ३ वटा लघु जीवन बीमकले २ लाख ४१ हजार ९९७ वटा बीमालेख जारी गर्दै ३ करोड ७० लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

समीक्षा महिनामा सर्वाधिक व्यापार गर्नेमा गार्डियन माइक्रो लाइफ रहेको छ। यो कम्पनीले २ लाख २७ हजार ४६१ वटा बीमा लेख जारी गर्दै १ करोड ८८ लाख ४१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Crest

यसैगरी क्रेष्ट माइक्रो लाइफले ६ हजार ८९३ वटा बीमालेख जारी गर्दै १ करोड २९ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

लिबर्टी माइक्रो लाइफले भने ७ हजार ६४३ वटा बीमालेख बिक्री गर्दै ५१ लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS