IME Life New

बुझिलिन बाँकी बीमा दाबी लिन आउन शिखर इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले बुझिलिन बाँकी बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै बुझिलिन दाबी लिन आउन बाँकी बीमितलाई यस्तो आग्रह गरेको हो। बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ जेठ १६ गतेदेखि २०८१ भदौ १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको कम्पनीले जनाएको छ।

Esewa
Crest

‘बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नभएका दाबीहरुका सम्बन्धमा यो सूचना प्रकाशित मितिले ३५ दिनभित्र आवश्यक कागजसहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीका प्रादेशिक कार्यालयहरु, शाखाहरुमा र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरहरुलाई सम्पर्क गरी आवश्यक कागजात बुझाई आफूले गरेको दाबी लिन अनुरोध गरिन्छ’, सूचनामा भनिएको छ।

कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्छयौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्तबमोजिमको समयावधिमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्योट पुर्जामा सहीछाप गरी दाबी फर्छर्योट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ। बीमित वा बीमितको प्रतिनिधिले गरेको दाबीको विस्तृत विवरण कम्पनीको वेबसाइट www.shikharinsurance.com मा हेर्न सकिने सूचनामा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS