IME Life New

राष्ट्रिय बीमा कम्पनी र मेट्रो ट्राफिक एफएमबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वीमा कम्पनी लिमिटेड र मेट्रो ट्राफिक एफ एम बिच पीएसए तथा सूचना प्रसारण सम्वन्धी सम्झौता सम्पन्न भएको छ । कम्पनीले भदौ १५ गते देखी प्रसारण गर्ने गरी कम्पनीका प्रोडक्ट, बीमा सम्वन्धी सूचनाहरु र बीमा सचेतनाका विषयहरु प्रसारण गर्ने गरी मेट्रो ट्राफिक एफएम ९५.५ संग सम्झौता गरेको कम्पनीका वजार विभाग प्रमुख,व्यवस्थापक देवराज घिमिरेले बताए ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रधान कार्यालय रामशाहपथ,काठमाडौंमा सम्पन्न उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.शिवहरी श्रेष्ठ तथा मेट्रो ट्राफिक एफएम ९५.५ को तर्फवाट प्रहरी नायव उपरिक्षक इ. विशाल ज्ञवालीद्धारा हस्ताक्षर गरी सम्झौता पत्र आदनप्रदान गरिएको हो ।

Esewa
Crest

साथै भविष्यमा मूलुकभरीका सञ्चारमाध्यमबाट बीमा सम्वन्धी सूचनाहरु,कम्पनीका प्रोडक्ट तथा गतिविधीहरु र बीमा सम्वन्धी सन्देशहरु क्रमशः प्रसारण गर्दै जाने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.शिवहरी श्रेष्ठले जानकारी गराए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS