IME Life New

साउनमा लघु निर्जीवन बीमकको व्यापार रु. ५.१६ करोड माथि, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा ५ करोड १६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले साउनमा २० हजार २४३ बीमालेख जारी गर्दै ५ करोड १६ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो महिनामा लघु निर्जीवन बीमकमध्ये नेपाल माइक्राले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले ५ हजार ७८१ वटा बीमालेख जारी गर्दै १ करोड ३८ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले साउनमा ४ हजार ६३९ वटा बीमालेख जारी गर्दै १ करोड ३६ लाख ३३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

साउनमा ट्रस्ट माइक्रोले ४ हजार ३६१ बीमालेख जारी गर्दै १ करोड २२ लाख ८७ हजार रुपैयाँ र स्टार माइक्रोले ५ हजार ४६२ वटा बीमालेख जारी गर्दै १ करोड १८ लाख २७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS