IME Life

साउनमा लघु निर्जीवन बीमकको व्यापार रु. ५.१६ करोड माथि, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघु निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमा ५ करोड १६ लाख रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले साउनमा २० हजार २४३ बीमालेख जारी गर्दै ५ करोड १६ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

SKYWELL
Crest

चालु आर्थिक वर्षको पहिलो महिनामा लघु निर्जीवन बीमकमध्ये नेपाल माइक्राले सर्वाधिक व्यापार गरेको छ। यो कम्पनीले ५ हजार ७८१ वटा बीमालेख जारी गर्दै १ करोड ३८ लाख ६४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। यो कम्पनीले साउनमा ४ हजार ६३९ वटा बीमालेख जारी गर्दै १ करोड ३६ लाख ३३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

साउनमा ट्रस्ट माइक्रोले ४ हजार ३६१ बीमालेख जारी गर्दै १ करोड २२ लाख ८७ हजार रुपैयाँ र स्टार माइक्रोले ५ हजार ४६२ वटा बीमालेख जारी गर्दै १ करोड १८ लाख २७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS