IME Life
GBIME

स्टार माइक्रोले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् ।

Crest

कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरू निष्काशन गर्न लागेको छ । प्रति शेयर मूल्य एक सय रुपैयाँको दरमा सर्वसाधारणहरूमा शेयर निष्काशन गर्न लागिएको जनाएको छ ।

कम्पनीले २०८० देखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरूमार्फत लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिहरूलाई निर्जीवन लघु बीमा सेवा पुर्याउने लक्ष्य रहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS