IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा आगलागी पीडित व्यवसायीलाई पाैने दुई करोड क्षतिपूर्ती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आगलागीबाट क्षतिग्रस्त बनेको धनगढीको डिएस ट्रेडर्सका सञ्चालकलाई क्षतिपूर्ती रकम उपलब्ध गराएको छ। इन्स्योरेन्सको धनगढी शाखाले ट्रेडर्सका सञ्चालक दिपेश खतिवडालाई क्षतिपूर्तीवापतको चेक रकम हस्तान्तरण गरेको हो।

होलसेल व्यवसायी संघका अध्यक्ष देवराज पाण्डेमार्फत् बुधबार १ करोड ८८ लाख ५४ हजार रूपैयाँ क्षतिपूर्ती दाबी दिएको शाखा प्रबन्धक हेमन्त लामिछानेले जानकारी दिए।

Esewa
Crest

धनगढी बजारमा अवस्थित डिएस ट्रेडर्समा गत असार ६ गते राति करिब नाै बजेतिर भीषण आगलागी हुँदा दुई करोड रूपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको थियो । डिएस ट्रेडर्सले तयारी पोशाक लगायतका मालसामानको कारोबार गर्दै आएको थियो ।

धनगढी बजार क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको प्रशारण लाइनमा नै उच्च भोल्टेजका कारण समस्याले बजार क्षेत्रका पसल, गोदाम र अस्पतालमा समेत फरक फरक समयमा भीषण आगलागीका घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS