IME Life New

कर्णाली प्रदेशद्वारा विपद बीमाका लागि रू. ६ करोड विनियोजन, घर बीमा पनि गरिंदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्णाली प्रदेश सरकारले आम नागरिकलाई विपदविरूद्ध सुरक्षाका लागि चालू आर्थिक वर्ष २०८१।८१ मा ६ करोड २५ लाख रूपैयाँ विनियोजन गरेको छ। विपदविरूद्ध सुरक्षाका लागि सामूहिक बीमा गर्न प्रदेश सरकारले बीमाशुल्कवापतको रकम विनियोजन गरेको हो ।

कर्णाली प्रदेश सरकारले केही वर्षयता घर परिवारको सामूहिक दुर्घटना बीमा गर्दै आएको छ। प्रदेश सरकारले सामूहिक दुर्घटना बीमा कार्यक्रमलाई चालू आर्थिक वर्षका लागि पनि निरन्तरता दिने घोषणा सहित बजेट समेत विनियोजन गरेको छ।

Esewa
Crest

प्रदेश मुख्यमन्त्री यामलाल कँडेलले एक सार्वजनिक कार्यक्रममा प्रदेशका सबै जोखिमयुक्त घरहरूको समेत सामूहिक बीमा गर्ने तयारी भइरहेको घोषणा समेत गरि सकेका छन् ।

तीन तहको सरकारको गठनपछि पूँजीगत खर्चभन्दा पनि कर्मचारी र मन्त्रीहरूको तलब भत्तामा चालू खर्च अधिक बढेको भन्दै आलोचना भइरहेका बेला कर्णाली प्रदेश सरकारले विपद र दुर्घटना बीमा सम्बन्धमा गरेको प्रबन्ध अन्य प्रदेशका लागि समेत उदाहरणीय बनेको छ। संघीय सरकारलाई पनि यसबारे ध्यानाकर्षण गराउन सफल भएको छ।

मुख्यमन्त्री कँडेलका अनुसार घर बीमाका लागि चालू आर्थिक वर्षमा प्रदेश सरकारले ४ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ। प्रदेश सरकारले गत वर्षको जाजरकोट भुकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई विपद जोखिमविरूद्ध सामूहिक दुर्घटना बीमा योजना अन्तर्गत दुई लाख रूपैयाँका क्षतिपूर्ती समेत वितरण गरेको छ।

चालु आर्थिक वर्षमा विपद् जोखिम विरूद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS