IME Life New

नेशनल इन्स्योरेन्सद्वारा दुर्घटना बीमा बापतको दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीको हेटौडा शाखाले दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी दिएको छ । उक्त दाबी बापतको रकम हेटौंडा उप महानगरपालिका वडा नम्बर ४ स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्थाको आफ्नै भवनमा एउटा कार्यक्रम गरी शेयर सदस्यकी श्रीमती लक्ष्मी सापकोटा लाई दिइएको हो ।

उनको श्रीमानको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको कारण कम्पनीले दाबी बापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीका हेटौंडा शाखा प्रमुख बिमल बास्कोटाका अनुसार दुर्घटना बीमा बापतको दाबी रकम १ लाख रुपैयाँ बीमा कम्पनी एवम् बचत संस्थाका पदाधिकारीहरु समेतको रोहबरमा मकवानपुर बचत तथा ऋण संस्थाका अध्यक्ष बिजय सागर श्रेष्ठ मार्फत मृतकका श्रीमती लक्ष्मी सापाकोटा लाइ हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

मकवानपुर बचत तथा ऋण सहकारीका सेयर सदस्य केशव प्रसाद मुडवरीको गत जेठ २ गते स्कूटर चलाएर हेटौंडाबाट बागमती गाउँपालिकाको झुरझुरे तर्फ जाने क्रममा उनको ट्राक्टरसंग ठोक्किएर गम्भीर घाइते भइ उपचारको लागी हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो।

मकवानपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना २१७० जना शेयर सदस्यहरु को प्रति ब्यक्ति रु एक लाख को दरले दुर्घटना बीमा नेशनल इन्स्योरेन्स कम्पनीमा गरेको छ। सोही अनुरुप उनले दाबी वापतको रकम पाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS