IME Life

लघु जीवन बीमकको कुल बीमाशुल्क १६ करोड ९७ लाख, नाफामा लिबर्टी अगाडि हुँदा अन्यको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/ ८१ को अन्त्यसम्ममा कुल १ करोड ३० लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेको क्रेष्ट माइक्रो लाइफले समीक्षा अवधिमा ४० लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गार्डियन माइक्रो लाइफले १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । लिबर्टी माइक्रो लाइफले ७६ लाख ३ हजार गरी कुल १ करोड ३० लाख ५ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । ३ लघु जीवन बीमा कम्पनीमध्ये समीक्षा अवधिमा लिबर्टी माइक्रो लाइफले नाफा सबैभन्दा धेरै नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिसम्ममा लिबर्टी माइक्रो लाइफले २ करोड ९९ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीको महाविपत्ति कोषमा १० लाख १५ हजार रहेको छ । रिटेन्ड अर्निङमा ९४ लाख ३९ हजार र जीवन बीमा कोषमा १ करोड १२ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले समीक्षा अवधिसम्ममा ५ करोड ७६ लाख ४५ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । महाविपत्ति कोषमा ८ लाख ९३ हजार रहेको छ । रिटेन्ड अर्निङमा ७५ लाख १३ हजार र जीवन बीमा कोषमा ४ करोड ७० लाख रुपैयाँ हरेको छ ।

त्यसैगरी गार्डियन माइक्रो लाइफले समीक्षा अवधिसम्ममा ४ करोड २२ लाख २२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । महाविपत्ति कोषमा ३ लाख ३२ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा २८ लाख २९ हजार र जीवन बीमा कोषमा २ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS