IME Life
GBIME

गार्डियन माइक्रो इन्स्योरेन्सको नाफा १४ लाख, खुद बीमाशुल्क आर्जन साढे ३ करोड माथि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गार्डियन माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १७ लाख ९५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ३२ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग २८ लाख २९ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा २३ हजार रुपैयाँ रहेको छ ।

Crest

समिक्षा अवधिमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बीमा कोषका आकार २ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै कम्पनीले ५१ लाख २२ हजार रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा कम्पनीले ३ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अभिकर्ता कमिशन मार्फत ४३ लाख १९ हजार रुपैयाँ खर्चिएको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS