IME Life New

ओरिएन्टल इन्स्योरेन्सः कुल बीमाशुल्क रु. २.११ अर्ब माथि, नाफामा ८३%को बढोत्तरी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ५९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३२ करोड ५१ लाख नाफा गरेको यिो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ८३.३७ प्रतिशतले बढोत्तरी भएको छ।

Crest

चुक्तापुँजी २५ करोड ११ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ६९ करोड ३२ लाख रुपैयाँ, महाविपत्ति कोषमा ६ करोड ७० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड २७ लाख रुपैयाँ रहेको छ।

समीक्षा वर्षमा कम्पनीले २ अर्ब ११ करोड ३० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीले १ अर्ब ४१ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ४९.४७ प्रतिशतले बढेको छ।

२०८१ असार अन्त्यसम्ममा कम्पनीले १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ८८ करोड १५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद बीमाशुल्क आर्जन ५७.४३ प्रतिशतले बढेको छ।

कम्पनीको सोल्भेन्सी रेसियो १.६१ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS