IME Life New

प्रोटेक्टिभ माइक्रोको चालु आर्थिक वर्षको रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो प्रथम वर्षको वार्षिक समिक्षा तथा यस आर्थिक वर्ष २०८१/८२ का लागि रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । कम्पनीले यही साउन १८ र १९ गते चितवनको सौराहामा सो गोष्ठी सम्पन्न गरेको हो ।

कम्पनीका सञ्चालक गणेश राज पन्तको अध्यतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, महाप्रवन्धक, विभागिय प्रमुखहरु, शाखा प्रवन्धक तथा मार्केटिङमा आवद्ध कर्मचारी समेतको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कम्पनी सचिव राजेन्द्र पाठकले सञ्चालन गरेको कार्यक्रममा गत आर्थिक वर्षको उपलब्धि समिक्षा तथा चालु आर्थिक वर्षको योजनाका बारेमा महाप्रवन्धक अभिम डंगोलले आफ्नो प्रस्तुती राखे । त्यसपछि सम्पूर्ण शाखा प्रवन्धकहरुले कम्पनीको आगामी योजनाअनुसार अगाडी बढ्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोकाले कम्पनीको स्थापना देखि हालसम्मको सम्पूर्ण वस्तुस्थितिको बारेमा जानकारी गराउदै व्यापार व्यवसाय वृद्धि मात्र आफ्नो प्राथमिकताको क्षेत्र नभई प्रचलित नियम कानुनको पूर्ण पालना गर्नु, नियमनकारी निकाय सँगको समन्वयमा कार्य गर्नु तथा लक्षित वर्ग र उनिहरुका जोखिमलाई प्राथमिकतामा राखी कार्य गर्नु जस्ता कार्य मार्फत गुणस्तरिय व्यापारमा आफु लागिपरेको विचार व्यक्त गरे ।

सम्पूर्ण विभागिय प्रमुख तथा शाखा प्रमुख समेतलाई हाल सम्मको उपलब्धिका लागि धन्यवाद व्यक्त गर्दै चालु आर्थिक वर्षका लागि शुभकामना समेत दिएका छन । सोही कार्यक्रममा उनले कम्पनीको समग्र स्थिति तथा प्राथमिकताको क्षेत्र र कम्पनीको आदर्श बाक्यको वारेमा छलफल गर्दै सोही बमोजिम बीमालेख जारी गर्न सम्पूर्ण शाखा प्रवन्धकहरुलाई आग्रह गरेका छन ।

कार्यक्रमकको समापनमा बोल्दै सञ्चालक गणेश राज पन्तले यस कार्यक्रममा आफु सहभागी भएर कम्पनीको समग्र वस्तुस्थिति नजिकबाट बुझ्ने अवसर प्राप्त भएको तथा यस कम्पनीले विगतमा गरेको प्रगतिमा आफुलाई सन्तुष्टि मिलेको र विहानीले दिनको झझल्को दिन्छ भने झै आगामी दिनहरुमा अझ प्रगति गर्नेमा आफु विस्वस्त रहेको धारणा राखे ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड २०७९ पौष १२ गते कम्पनी रजिष्ट्रार कम्पनीमा दर्ता भई २०७९ चैत्र २९ गते नेपाल बीमा प्राधिकरणबाट निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनार्थ अनुमित प्राप्त लघुनिर्जीवन बीमा कम्पनी हो । धनगढी कैलालीमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीले हाल सम्म २९ वटा कार्यालय मार्फत लक्षित वर्गलाई लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS