Connect IPS
IME Life

लिबर्टी माइक्रो लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीले बर्दिबास १२ स्थित बिजलपुराकी ६४ वर्षीय मृतक रामरतीदेवी सदाको परिवारलाई बीमा दाबी वापतको रकम १ लाख रुपैयाँ भुक्तानी गरेको हो । ज्वरोले ग्रस्त भई रामरतीदेवी सदाको असार २ गते मृत्यु भएको थियो ।

उक्त दाबी वापतको रकम नगरपालिकाकी उपप्रमुख तारादेवी महतो, १२ र १४ नं का वडाध्यक्षहरू रामकिशोर साह तथा विजय महतो र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका महोत्तरी प्रमुख रवीन्द्र मिश्रले बुधबार मुसहर बस्तीमै पुगेर हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

यो परिवार बीमा रकम पाउने मुलुककै पहिलो मुसहर समुदाय भएको दाबी गरिएको छ । सीमान्तकृत जातीमा पर्ने मुसहर समुदायको सुरक्षित भविष्य र सर्वाङ्गीण हितका लागि नगरपालिकाले बर्दिबास १०, १२ र १४ नं वडामा बसोबास गर्ने १८ देखि ६९ वर्ष उमेर समूहका ४५० जना मुसहरको प्रति व्यक्ति १ लाखका दरले वैशाख महिनामा लिबर्टी माइक्रो लाइफले ‘सामूहिक म्यादी लघु जीवन बीमा’ गरेको थियो । सोही स्किम बापत मृतक परिवारले पहिलोपटक बीमा रकम पाएको नगरप्रमुख प्रह्लाद क्षेत्रीले बताए ।

बीमा रकम पाएपछि मृतक परिवारले राहत महसुस गरेको जनाइएको छ । मृतकका श्रीमान् परीक्षण सदाले काजक्रियामा लागेको २५ हजार जति ऋण तिर्न सहज भएको बताए । बाँकी रहेको रकमले औषधीमूलो गर्न र परिआएको बेलामा कसैसँग हात पसार्नु पर्ने स्थिति अन्त्य भएको बताइएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS