IME Life New

असार मसान्तभित्र बीमा सर्भेयरले केवाईसी अपडेट गर्नुपर्ने, नत्र परिचयपत्र नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरलाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै असार मसान्तभित्र बीमा सर्भेयरलाई अनिवार्य रुपमा केवाईसी अपडेट गर्न आग्रह गरेको हो। प्राधिकरणबाट बीमा सर्भेयरको इजाजतपत्र लिई सक्रिया रुपमा रहेका व्यक्ति तथा संस्थागत बीमा सर्भेयरलाई यसअघि पनि प्राधिकरणले केवाईसी अपडेट गर्न सूचना जारी थियो।

Esewa
Crest

प्राधिकरणले अहिलेसम्म प्राप्त सर्भेयरको केवसाईसी अपडेट गरिसकेको छ। विविध कारणले केवाईसी अपडेट गर्न छुटेका बाँकी व्यक्तिगत तथा संस्थागत बीमा सर्भेयरले असार मसान्तसम्म अनिवार्य रुपमा केवाईसी अपेडट गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

केवाईसी अपडेटका आधारमा प्राधिकरणले सर्भेयरलाई पहिचानका लागि परिचयपत्र उपलब्ध गराउनेछ। केवाईसी अपडेट नगरेका कारणबाट परिपत्र लिने सुविधाबाट वञ्चित हुन सक्ने भएकोले तोकिएको मितिभित्र अनिवार्य रुपमा केवाईसी अपडेट गरी परिचयपत्र उपलब्ध गराउने कार्यमा सहयोग गर्न प्राधिकरणले आग्रह गरेको छ।

यस कार्यमा छुट्न गएमा त्यसबाट उत्पन्न हुने परिणामप्रति स्वयं नै जबाफदेही हुनुपर्ने पनि प्राधिकरणले स्पष्ट पारेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS