IME Life New

प्रभु इन्स्योरेन्सले बढायो ५०.१५% हकप्रद ल्याउने प्रक्रिया, सेबोनसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले गत असार १९ गते नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै निवेदन दिएको हो।

कम्पनीको गत वैशाख २० गते सम्पन्न २८ औँ वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणबाट तोकिएबमोजिमको चुक्तापुँजी रु. २ अर्ब ५० करोड पुर्याउन आर्थिक वर्ष २०७९।८० को स्वीकृत गरेको ४.५ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको थियो। सभाले पारित गरेको करिब २ महिनापछि कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले चुक्तापुँजीको १ः०.५०१५ अर्थात ५०.१५ प्रतिशत हकप्रद निष्कासन गर्नेछ। कम्पनीले ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ दरका कुल ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

प्रभु इन्स्योरेन्सको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS