GBIME
IME Life

ट्रष्ट माइक्रोको प्रथम साधारणसभा सम्पन्न, आइपीओ निष्काशनको प्रस्ताव अनुमोदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको प्रथम साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलको अध्यक्षतामा भएको साधारणसभाले विभिन्न एजेण्डाहरु पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारणका लागि आइपीयो समेत जारी गर्ने प्रस्ताव सहित आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ लेखापरीक्षकको नियुक्ति पारिश्रमिक निर्धारण सहित आगामी चार वर्षका लागि नयाँ बोर्ड नेतृत्वको निर्वाचन समेत गरेको छ । जसअनुसार कम्पनीको अध्यक्षमा पुनः जगत बहादुर पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।

SKYWELL
Crest

त्यस्तै अन्य वोर्ड सदस्यहरुमा दिपक बोहरा, रचित कुमार अग्रवाल, पूजा सिंगल र नमराज न्यौपाने निर्वाचित भएका छन् । यसैबीच कम्पनीले लुम्बिनी प्रदेशका ग्रामिण भेगका सर्वसाधारणलाई बीमाको पँहूचमा ल्याउने उद्देश्यले घुम्ती बीमा सेवा सुरु गर्ने भएको छ ।

साधारण सभाको उद्घाटन लगत्तै नेपाल बीमा प्राधिकरणका लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेल र प्रमुख कार्यकारी अधिकृत उज्जल ढुङ्गानाले संयुक्त रुपमा बीमा घुम्ती सेवाका लागि ल्याइएको मोबाइल भ्यानको उद्घाटन समेत गरेका थिए ।

कम्पनीका उप कार्यकारी प्रमुख विश्वजन थापा श्रेष्ठका अनुसार घुम्ती सेवाले बीमाको पहुँचबाट बाहिर रहेका सर्वसाधारणलाई उनीहरुकै टोल छिमेकमा पुगेर तत्कालै बीमालेख उपलब्ध गराउने तथा बीमा दाबी प्रकृयाको बारेमा सचेतना सहितको सेवा कम्पनीले दिने छ ।

गत चैत्र ०८ गतेबाट औपाचारिक रुपमा बुटवलबाट सेवा सूरु गरेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले देशभरका झण्डै १ दर्जन शाखा तथा उपशाखामार्फत निर्जिवन बीमा सेवा प्रदान गरेको छ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS