IME Life New

प्रभु इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ।

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धमा एनआईसी एशिया क्यापिटल र प्रभु इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा प्रभु इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र एनआईसी एशिया क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

प्रभु इन्स्योरेन्स नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले रु. १०० अंकित दरका ८३ लाख ५० हजार १३५.४४ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि जारी गर्नेछ।

हाल इन्स्योरेन्स कम्पनीले ६० भन्दा बढी शाखा तथा उपशाखा कार्यालयबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ । एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि ‘आइडिया टु आइपीओ’ सेवा सञ्चालन गर्दै आइरहेको छ । उक्त सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्कासन गर्नेसम्मको कार्य गरिदिने तथा हकप्रद शेयर निष्कासन गर्न चाहने कम्पनीहरुलाई हकप्रद शेयर निष्कासन सम्बन्धमा आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई मोबाइल नं. ९८५११८४९७९ मा सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS