IME Life New

बीमकले कस्तो अवस्थामा एउटा सर्भेयरलाई हटाएर अर्कोलाई खटाउन पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकले आफूले खटाएको सर्भेयरप्रति चित्त नबुझेमा अर्को सर्भेयर खटाउन पाउने भएका छन्।

नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। मार्गदर्शनमा यदि बीमकले आफूले खटाएको सर्भेयरको कामप्रति चित्त नबुझी अर्को सर्भेयर खटाउनुपर्ने भएमा सोको कारण खोली प्राधिकरणसमक्ष स्वीकृतिका लागि निवेदन पेस गर्नुपर्नेछ। निवेदनमा उल्लेखित कारण मनासिव भएमा प्राधिकरणले अर्को सर्भेयर नियुक्तिका लागि स्वीकृति दिन सक्ने प्रावधान ल्याइएको छ।

Esewa
Crest

सर्भेयर नियुक्त गर्दा भने प्राधिकरणबाटै सर्भेयर इजाजतपत्र प्राप्त गरी इजाजतपत्र बहाल रहेको व्यक्ति वा संस्थालाई मात्र बीमकले नियुक्त गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

यसैगरी विदेशी पुनर्बीमकबाट अनुरोध भएमा वा सम्बन्धित विषयको अनुभवी सर्भेयरको आवश्यकता परी नेपाली र विदेशी सर्भेयर मिली संयुक्त रुपमा सर्भे गर्नुपर्ने भएमा प्राधिकरणको स्वीकृति लिनुपर्ने नियम मार्गदर्शनमार्फत ल्याइएको छ।

प्राधिकरणबाट सर्भेयरको इजाजतपत्र बहाल रहेको कुनै पनि व्यक्ति वा संस्थाले कुनै एक बीमकमा व्यक्तिगत सर्भेयरले बढीमा ५ वटा र संस्थागत सर्भेयरले १० वटासम्म सर्भेको प्रारम्भिक प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा पुनः सोही व्यक्ति तथा संस्थालाई सर्भेयरमा बीमकले नियुक्ति गर्न नपाउने व्यवस्था मार्गदर्शनमा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS