IME Life New

हिलेमा ओरिएण्टल इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्सले धनकुटाको हिलेमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी दुई दिने आधारभूत तालिमको आयोजना गरेको छ । कृषि तथा पशु प्राबिधिक हरुलाई लक्षित गरि आयोजना गरिएको सो तालिमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रोवर्तिले गरेका थिए ।

सो अवसरमा कम्पनीका सीईओ चक्रोवर्तिले कृषि राष्ट्रको समुन्नत विकासको मूल आधार भएको हुदा किसान हरूको घर घरमा बीमाको पहुँच पुगोस भन्ने हेतुले यो तालिम को आयोजना गरिएको जनाए । देशको आर्थिक विकासका लागि नेपाली किसान दाजु भाईहरुले गरेको योगदानको कदर गर्दै कृषि सम्बन्धि कुनै पनि बीमा गर्न ओरिएण्टल इन्स्योरेन्स सदैब तयार रहने जानकारी गराए ।

Esewa
Crest

तालिम लिइसके पछि ग्रामिण भेगमा गएर कृषक हरुको बालि पशुपंछी तथा जडिबुटी हरुको बीमा गरि भविष्यमा हुन सक्ने सम्भावित क्षतिको सुरक्षण गर्न लागि गर्नु पर्ने बताए ।

सो तालिम का लागि देश का विभिन्न जिल्ला बाट प्राबिधिकहरुले सहभागिता जनाएका थिए। कृषि बीमा अभिकर्ता बन्न पाउदा आफुहरुलाई बीमा पहुच बढाउन अझ धेरै हौसला मिलेको महसुस गरेको सहभागी अभिकर्ता हरूले जनाए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS