IME Life New

लघु जीवन बीमकले ११ महिनामा उठाए सवा १३ करोड प्रिमियम, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को ११ महिना जेठसम्म लघु जीवन बीमकले सवा १३ करोड रुपैयाँबराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार यो ११ महिनामा ३ वटा लघु जीवन बीमा कम्पनीले ७७ हजार ३२० वटा बीमालेख जारी गर्दै १३ करोड २७ लाख ९९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

व्यापारको हिसाबले क्रेष्ट माइक्रो लाइफ अगाडि देखिएको छ। यो कम्पनीले ४९ हजार ३१ वटा बीमालेख जारी गर्दै ७ करोड ८९ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी जेठसम्म गार्डियन माइक्रो लाइफले २० हजार ८८९ वटा बीमालेख जारी गर्दै ३ करोड २९ लाख ३४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

लिबर्टी माइक्रो लाइफले भने यो ११ महिनामा ७ हजार ४०० वटा बीमालेख जारी गर्दै २ करोड १० लाख ९० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS