Connect IPS
IME Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र डेल्क्रेडा नेपालबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र डेल्क्रेडा नेपाल प्रालि बीच नेपालमा उधारो बिक्री बीमा (ट्रेड क्रेडिट इन्स्योरेन्स) प्रवर्द्धन सम्बन्धी समझदारीपत्रमा समझौता भएको छ । समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री बीमा सम्बन्धि विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपाल बीच नेपाली बजार अनुरुप उधारो बिक्री बीमाको शुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको हो । कम्पनीले उक्त सम्झौताले व्यवसायीलगायत सरकारलाई पर्याप्त लाभ हुने विश्वास लिइएको छ ।

Prabhu
Crest

सहकार्यको मूख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रुपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्री बीमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु रहेको जनाइएको छ ।

सहकार्यपछि यसबारे विभिन्न तालिमका आयोजना गरेर उधारो बिक्री बीमाको फाइदाहरूका बारेमा व्यवसायीहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य छ।

साथै डेल्फ्रेडा नेपालले सलिकोलाई उपयुक्त उधारो बिक्री बीमा नीति विकास गर्न, प्राविधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तर रुपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS