IME Life New

निर्जीवन लघु बीमकले ११ महिनामा गरे झन्डै २४ करोडको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन लघु बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।८० को ११ महिना जेठसम्म झन्डै २४ करोड रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ निर्जीवन लघु बीमकले यो ११ महिनामा १ लाख ४ हजार २७९ वटा बीमालेख जारी गर्दै २३ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। कुल बीमाशुल्क आर्जनको हिसाबले नेपाल माइक्रो अगाडि रहेको छ। यो कम्पनीले ४३ हजार १९७ वटा बीमालेख जारी गर्दै ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा प्रोटेक्टिभ माइक्रो छ। यो लघु बीमकले २५ हजार १३५ वटा बीमालेख जारी गर्दै ७ करोड ४९ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी व्यापारको हिसाबले स्टार माइक्रो तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले २६ हजार ५८९ वटा बीमालेख जारी गर्दै ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

जेठसम्म ट्रस्ट माइक्रोले २ करोड २० लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ९ हजार ३५८ वटा बीमालेख जारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS