Connect IPS
IME Life

निर्जीवन लघु बीमकले ११ महिनामा गरे झन्डै २४ करोडको व्यापार, कसको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन लघु बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०।८० को ११ महिना जेठसम्म झन्डै २४ करोड रुपैयाँको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार ४ निर्जीवन लघु बीमकले यो ११ महिनामा १ लाख ४ हजार २७९ वटा बीमालेख जारी गर्दै २३ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। कुल बीमाशुल्क आर्जनको हिसाबले नेपाल माइक्रो अगाडि रहेको छ। यो कम्पनीले ४३ हजार १९७ वटा बीमालेख जारी गर्दै ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
दोस्रोमा प्रोटेक्टिभ माइक्रो छ। यो लघु बीमकले २५ हजार १३५ वटा बीमालेख जारी गर्दै ७ करोड ४९ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Prabhu
Crest

यसैगरी व्यापारको हिसाबले स्टार माइक्रो तेस्रो स्थानमा रहेको छ। यो कम्पनीले २६ हजार ५८९ वटा बीमालेख जारी गर्दै ५ करोड ३७ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

जेठसम्म ट्रस्ट माइक्रोले २ करोड २० लाख ६९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले ९ हजार ३५८ वटा बीमालेख जारी गरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS