IME Life New

राष्ट्रिय बीमा कम्पनीले लुम्बिनी प्रदेशका पत्रकारको सामुहिक दुर्घटना बीमा गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेश राप्ती उपत्यका देउखुरी दाङ, राष्ट्रिय बीमा कम्पनी र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिबीच दुर्घटना बीमासम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । आर्थिक वर्ष २०८०/८१ को प्रदेशको नीति तथा कार्यक्रम बमोजिम नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिमा आवद्ध १०६२ जना पत्रकारहरुको कुल बीमाङ्क ६६ करोड ३७ लाख ५० हजार कायम रहनेगरीे सामुहीक दुर्घटना बीमाका लागि सम्झौता भएको हो ।

सो सम्झौतामा मन्त्रालयका तर्फ बाट मन्त्रालयका सुचना अधिकारी अधिकृत सातौ कालिदास बस्याल, मन्त्रालयकाकर्मचारी शैलेस शर्मा, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका तर्फ बाट व्यवस्थापक देवराज घिमिरे, सहायक व्यवस्थापक बिष्णु प्रसाद खनाल र पत्रकार महासंघ लुम्बिनीप्रदेश समितिका तर्फबाट अध्यक्ष वसन्त गिरी, उपाध्यक्ष चुमाआचार्य बाट हस्ताक्षर गरी सम्झौता भएको हो ।

Esewa
Crest

कार्यक्रममा राष्ट्रिय बिमा कम्पनीका व्यवस्थापक तथा बजार व्यवस्थापन बिभाग प्रमुख देवराज घिमिरेले राज्यका हरेक तह र तप्कामा बीमा योजना पु¥याई आम जनसमुदायलाई बीमाको दायरामा ल्याई रक्षावरण गराउने मुल उद्देश्य राष्ट्रिय बिमा कम्पनीले लिएको कुरा बताउदै सो को लागि कम्पनीले आउदादिनमा विभिन्न बीमा सम्बन्धी कार्यक्रममार्फत शसक्त ढंगबाट नेपाली बजारमा आम जनसमुदायमाझ जाने जानकारी गराए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS