काठमाडौं । लघु बीमालेख भन्नाले लघु बीमाको शर्त बन्देज सम्बन्धी अधिकार तथा लायित्व उल्लेख भएको बीमक र बीमितबीचको लिखित करारलाई बुझिन्छ ।
लघु बीमा दाबी गर्दा ध्यान दिनुपर्ने कुराहरु
कुनै हानी वा नोक्सानीको अवस्था सृजना भई बीमा दाबी गर्नुपर्दा बीमित, स्वयमले, टेलिफोन, एसएमएस, इमेल तथा जुनसुकै माध्यमबाट बीमकलाई तुरुन्तै खबर गर्नुपर्छ ।
बीमकको आंशिक दाबी गर्दा छायाँप्रति र पुर्ण दाबी गर्दा सक्कल बीमालेख बीमकलाई पेश गर्नुपर्छ ।
बीमा दाी फाराम भरी दाबी सम्बन्धी सम्पुर्ण विवरण पेश गर्नुपर्छ ।
जीवन बीमाको हकमा बीमा अवधि अगावै बीमितको मृत्यु भएमा नीजको हकवालाले नाता प्रमानपत्र, बीमितको मृत्यु प्रमाणपत्र तथा दुर्घटना मृत्यु भएको भए प्रहरी प्रतिवेदन तथा चिकित्सकद्वारा गरिएको शव परिक्षण प्रतिवेदन र आवश्यकता अनुसार माग गरिएको कागजात तथा प्रमाण पेश गर्नुपर्छ ।
निर्जीवन बीमकको हकमा बीमालेखमा उल्लेख भए बमोजिमको प्रक्रिया पूरा गरी कागजातहरु पेश गर्नुपर्छ ।
नेपाल बीमा प्राधिकरणबाट तोकिएको अन्य आवश्यक कागजातहरु पेश गर्नुपर्ने हुन्छ ।