IME Life New

सल्यानमा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषकको टोलटोल अनि घर घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शुक्रबार एक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी छलफल कार्यक्रम सल्यान जिल्लाको शारदा नगरपालिका ९ साल्चौरमा सम्पन्न गरेको हो ।

कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम संचालन गरि रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड का बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले जानकारी दिए ।

Esewa
Crest

उक्त कार्यक्रमका प्रमुख अतिथी शारदा नगरपालिका वडा न, ९ का अध्यक्ष हेमेन्द्र कुमार बुढाथोकिले कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताए ।

उनले कृषकलाइ बीमाको दायरामा ल्याउन आउदा दिनहरुमा थप प्रयास गर्ने बताउदै यस्तो खालको कार्यक्रम आफ्नो वडामा पहिलो पटक भएको र यस्ता सचेतना मूलक कार्यक्रम बेला बेला हुनुपर्ने बताए । अध्यक्ष बुढाथोकीले यस्तो महत्वपूर्ण कार्यक्रम ल्याई गाउँ गाउँमा छाइ रहेको एनएलजि इन्स्योरेन्स परिवारलाई बिशेष धन्यवाद समेत दिए ।

त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथी टेकमाइन्ड नेटवर्कका कर्णाली प्रदेश प्रमुख सङ्गम बिहानी,आइएमई लाइफ इन्स्योरेन्सका सल्यान शाखा प्रमुख भरत रोकाय, वडा सदस्य बेलधर बुढा, निबर्तमान वडा अध्यक्ष चक्र बहादुर घर्ती, कृष्ण आधरभुत विद्यालयका प्र.अ.लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा शा.न.पा. को पशु प्राबिधिक स्वागत शाही, पत्रकार ज्ञान बहादुर पुन लगायतको अतिथ्यता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष एनएलजि इन्स्योरेन्स श्रीनगर शाखाको प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।

उनले सल्यानमा जिल्लामा कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरन्तरता दिने बताए । शाखा प्रमुख बोहराले कार्यक्रम उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पुपन्पन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पारेका थिए ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने शारदा नगरपालिकाकाका वडा ९ को वडा अध्यक्ष तथा उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत दिए । कार्यक्रममा शारदा नगरपालिका वडा नं।९ का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ३८ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS