IME Life New

लघुबीमा भनेको के हो ? यस्ता छन् विशेषताहरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक रुपले पिछडिएका विपन्न तथा न्युन आय भएका सीमान्तकृत समुदायका लागि गरिने बीमालाई नै लघुबत्रीमा भनिन्छ । अन्तर्राष्ट्रिय बीमा नियमनकारी निकायहरुको छाता संगठन इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्सले लघु बीमालाई कम आय भएका व्यक्ति वा समुदायलाई रक्षावरण प्रदान गर्ने, कम बीमा शुल्क हुने साथै सानो बीमाङ्क रकमहरु प्राप्त हुने र सीमित स्रोतहरु भएकाहरुका लागि सरलिकृत प्रक्रियाहरु रहेको बीमा हो भनी परिभाषित गरेको छ ।

नेपाल बीमा प्राधिकरणले पनि लघु बीमालाई पिछडिएको वर्ग वा समुदायमा बीमा सेवा प्रदान गर्न भनी लघु बीमालाई लाइसेन्स दिएको छ । दुरदराजका कम आय भएका व्यक्ति वा समुदायलाई लघु बीमाले सेवा प्रदान गर्दछ ।

Esewa
Crest

यस्ता छन् लघुबीमाका विशेषताहरु
सामुहिक लघु बीमालेख जारी गर्न सकिने
सरल र सहज पहुँज हुने
बीमा दाबी प्रक्रिया सरल र छोटो हुने
थोरै बचतले बीमाशुल्क तिर्न पुग्ने
रक्षावरण धेरै अपवाद थोरै हुने
थोरै बीमाशुल्कमा धेरै रक्षावरण समेटिएको हुने
कम बीमाङ्क कायम गरी बीमा गर्न सकिने
सरल शब्दावली तथा थोरै सर्तको आधारमा गरिने बीमा
लक्षित वर्गलाई आइपर्न सक्ने जोखिमहरुको रक्षावरण प्रदान गर्ने

ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिकहरु जो बीमाको दायरामा समावेश हुन सकेका छैनन् त्यस्ता वर्ग तथा व्यक्तिलाई दैनिक जीवनयापनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनिकरणमा सहयोग गर्नका लागि नै बीमा प्राधिकरणले लघुबीमा कार्यक्रम ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS