IME Life New

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वृक्षरोपण तथा साइकल र्‍याली आयोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण तथा साइकल र्‍याली आयोजना गरेको छ । उक्त र्‍याली विहान ६ः०० बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुंदै पुनः नारायणचौरसम्म आयोजना गरी वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुंदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारा सहित विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनाएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो ।

Esewa
Crest

वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साकइकल र्‍यालीमा सहभागि भएका थिए ।

उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जीउं भन्ने भावका साथ लाईन्स क्लब अफकाठमाडौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरे ।

उक्त कार्यक्रम सामाजिक क्षेत्रमा कार्य गर्दै आएको लायन्स क्लप अफ काठमाडौं पिस आइडल र स्पार्क ग्रुपको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रमा लायन्स क्लब अफ काठमाडौं पिस आइडलका अध्यक्ष शिव श्रेष्ठले यस्ता कार्यक्रमहरुले युवा वर्गमा वातावरण संरक्षण सहित स्थस्थ्य जीवनशैली तर्फ आकर्षण गर्न मद्धत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अन्तमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा सहयोगी भूमिका निर्वाह गर्नुहुने, प्रमुख जिल्ला अधिकार–काठमाडौं, काठमाडौं महानगरपालिका, वडा अध्यक्ष–का.म.न.पा वडा नं १, नेपाल प्रहरी, करुणा अस्पताल, लायन्स क्लप अफ काठमाडौं पिस आइडल, स्पार्क ग्रुप लगायत उपस्थित सबैलाई धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS