IME Life New

चिरायु भण्डारीको अध्यक्षतामा जन्मियो नेपाल लघु बीमक संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लघु बीमकहरुको छाता संगठन ‘नेपाल लघु बीमक संघ’ गठन भएको छ। जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा लघु बीमकको संगठन दर्ता भएको हो।

नवगठित संघको अध्यक्षमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी अध्यक्ष रहेका छन्। भण्डारीको अध्यक्षतामा गठित कार्यसमितिमा स्टार माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव कोषाध्यक्ष रहेका छन्।

Esewa
Crest

यसैगरी कार्यसमितिको सदस्यमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत उज्जल ढुंगाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ रहेका छन्।

देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा बिदेशी संघसंस्थासँग समन्वय गरी लघु बीमा सेवालाई स्तरीय तथा भरपर्दो बनाउँदै न्यून आय वर्ग तथा दूरदराजका नागरिकमा बीमाको पहुँच विस्तारका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित संघसंस्थासँग सहकार्य र समन्वय गरी समावेशी बीमाको अवधारणालाई मूर्त रुप दिनका लागि बीमा रक्षावरणको पहुँचबाहिर रहेका वर्ग समुदायलाई बीमाको दायरामा समेटी उनीहरुको आर्थिक भविष्यलाई सुनिश्चित गर्ने, लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखी नेपालमा हाल ७ वटा लघु बीमा (जीवन र निर्जीवन) कम्पनी सञ्चालनमा छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

67%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS