IME Life New

यी हुन् प्रभु इन्स्योरेन्सका ६ ठूला शेयरधनी, कसको स्वामित्व कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीमध्ये एक हो। हाल सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकमध्ये प्रभु इन्स्योरेन्स पनि अब्बल कम्पनीमै पर्छ।

प्रभु इन्स्योरेन्सको अध्यक्षमा भर्खर राजेन्द्र मल्ल नियुक्त भएका छन्। कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्चित बज्राचार्य छन्। प्रमु इन्स्योरेन्स २०५३ सालमा स्थापना भएको हो। हाल देशभर यो कम्पनीले ६० शाखा र उपशाखाबाट निर्वीजन व्यवसाय गर्दै आएको छ।

Esewa
Crest

गत वैशाख २० गते कम्पनीको २८ औँ वार्षिक साधारणसभा भएको थियो। सभाले चुक्तापुँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) पारित गरेको थियो। कम्पनीले तोकिएको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन हकप्रद शेयर वा नियमानुसार अन्य कुनै विकल्प भए सोहीबमोजिम हुने गरी नेपाल बीमा प्राधिकरणको स्वीकृतिपश्चात आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउने निर्णय गरेको छ।

वार्षिक प्रतिवेदनअनुसार प्रभु इन्स्योरेन्स १ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व रहेका ६ ठूला शेयरधनी छन्। यो कम्पनीमा सबैभन्दा बढी कर्मचारी सञ्चय कोषको रहेको छ। कर्मचारी सञ्चय कोषको प्रभु इन्स्योरेन्समा २१.६१ प्रतिशत शेयर स्वामित्व रहेको छ। जसअनुसार कोषको प्रभु इन्स्योन्समा २९ लाख ७४ हजार ३२९ कित्ता शेयर रहेको छ।

यसैगरी दोस्रो ठूलो शेयरधनीमा प्रभु बैंक रहेको छ। प्रभु बैंकसँग प्रभु इन्स्योरेन्समा १४ प्रतिशत अर्थात १९ लाख २६ हजार १९८ कित्ता शेयर रहेको छ।

प्रभु इन्स्योरेन्समा तेस्रो ठूलो शेयरधनीका रुपमा देवीप्रकाश भट्टचन रहेका छन्। उनीसँग प्रभु इन्स्योरेन्सका १० लाख ६३ हजार ६६३ कित्ता (७.७३ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

त्यस्तै राजेन्द्र मल्लसँग ५ लाख १४ हजार ७४९.४७ कित्ता (३.७४ प्रतिशत), पुरनमान शाक्यसँग २ लाख ४० हजार ६८.२४ कित्ता (१.७४ प्रतिशत) र प्रभु म्यानेजमेन्ट प्रालिसँग १ लाख ७४ हजार १८६.३५ कित्ता (१.२७ प्रतिशत) शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS