IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफामा उछाल, कुल बीमाशुल्क आर्जन २.१६ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को तेस्रोे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार शेयरपुँजी २ अर्ब ५० करोड रुपैयाँ भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २३ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १६२.८६ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ७ करोड २२ लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीकोे रिटेन्ड अर्निङमा ३५ करोड १४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब १६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७३ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २४.८० प्रतिशतले बढेको छ।
कम्पनीले चैतसम्म ८३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन २५.९० प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ५८ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६४ लाख रुपैयाँ खर्चिएको थियो।
समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३२.३५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस १३.७४ रुपैयाँ थियो। पीई रेसियो १८.२७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १८५.४९ रुपैयाँ रहेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS