IME Life
GBIME

सानिमा जिआईसी इन्स्योरेन्सको नाफा २१% ले बढ्यो, कुल बीमा शुल्क १.५३ अर्ब

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

२ अर्ब  शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २१.८० प्रतिशतले वृद्धि भएको हो ।

Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म  स्पेसियल रिजर्भ सिर्षकमा ५३ करोड ७५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १८ करोड १८ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ४० करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९.२८ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै कम्पनीले ४९ करोड ४३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमा शुल्क आर्जन १७.३१ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.४० रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १४२.६६ रुपैयाँ रहेको छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS