काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०.८१ को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।
२ अर्ब ६२ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ४७ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५५.३२ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीको स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३८ करोड २१ लाख रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४३ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २८.३२ प्रतिशतले वृद्धि भएको हो ।
त्यस्तै कम्पनीले १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १५.५७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २४.१७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २४४.०५ रुपैयाँ रहेको छ ।