IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब ६ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको करिब ६ लाख कित्ता शेयर आज वैशाख १७ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख १० हजार १८७ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १७० रुपैयाँ तोकिएको छ। यसको मतलब लगानीकर्ता न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद आवेदन दिनुपर्नेछ।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम २ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

इच्छुक लगानीकर्ताले जेठ ३ गतेसम्म खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS