IME Life New

राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त सीईओ श्रेष्ठद्वारा पदभार ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले आज शुक्रबारबाटै पदभार ग्रहण गरेका छन्।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। श्रेष्ठलाई ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको छ। पदभार ग्रहण गर्दै सीईओ श्रेष्ठले आफूले आइतबारबाटै कम्पनीको पछिल्लो अवस्थाबारे अध्ययन गरेर अगाडि बढ्ने बताए।

Esewa
Crest

यसअघि कम्पनीको सीईओ पदपूर्ति समितिले श्रेष्ठसहित नारायणकुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोइरालाको नाम सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा परेकाहरुको प्रस्तुतीकरण वैशाख १२ गते र अन्तर्वार्ता वैशाख १३ गतेलाई तोकिएको थियो।

प्रस्तुतीकरण र अन्तर्वार्तापछि बाँकी ३ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ सीईओमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS