IME Life New

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरि श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. शिवहरि श्रेष्ठ नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो। ‘अहिले भर्खर सकिएको सञ्चालक समिति बैठकले सर्वसम्म्त रुपमा श्रेष्ठलाई सीईओमा नियुक्त गरिएको हो’, कम्पनीका अध्यक्ष दिनेश उपाध्यायले इन्स्योरेन्स खबरलाई भने, ‘श्रेष्ठलाई ४ वर्षका लागि कम्पनीको सीईओमा नियुक्त गरिएको छ।’ सीईओमा नियुक्त श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्वप्रशासक हुन्।

Esewa
Crest

यसअघि कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो। तोकिएको अवधिमा ९ जनाको आवेदन परेको थियो। तीमध्ये ४ जनाको नाम सर्टलिस्ट गरिएको थियो।

सर्टलिस्टमा परेकाहरुको प्रस्तुतीकरण वैशाख १२ गते र अन्तर्वार्ता वैशाख १३ गतेलाई तोकिएको थियो। प्रस्तुतीकरण र अन्तर्वार्तापछि बाँकी ३ जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठ सीईओमा नियुक्त भएका हुन्।

समितिले कम्पनीको सीईओका लागि श्रेष्ठसहित नारायणकुमार भट्टराई, सुरेन्द्र थापा र सुवास कोइरालाको नाम सर्टलिस्ट गरेको थियो। यसअघि सीईओमा आवेदन दिएकामध्ये राजुनाथ खनाल, उज्ज्वलराज अर्याल, नवीन सुवेदी, बुद्धकाजी श्रेष्ठ र रामदेव यादव पहिलो चरणबाटै बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS