IME Life
GBIME

युनाइटेड अजोड इन्स्योरेन्सको १.९१ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख १९ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको १ लाख १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयर खरिदका लागि हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीले निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी खरिद निवेदन दिनुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको म्यादभित्र काठमाडौंको सुन्धारा सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरु खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS