IME Life New

निर्जीवन बीमकले एक महिनामा गरे पौने ४ अर्ब माथिको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले पौने ४ अर्ब रुपैयाँ बढीको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिरकणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमाकले चैतमा मात्रै २ लाख ७६ हजार ८८१ वटा बीमा पोलिसी बिक्री गरी ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

चैतमा सबैभन्दा धेरै व्यापार शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ। यो कम्पनीले चैतमा मात्रै ५० करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

Esewa
Crest

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ। यो कम्पनीले ४८ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४५ करोड ९८ लाख रुपैयाँ र चौथोमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३३ करोड ७९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ३३ करोड ५८ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ९३ लाख रुपैयाँ र नेको इन्स्योरेन्स कम्पनीले २७ करोड ४८ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

उता युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले २३ करोड १४ रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले २२ करोड ८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ११ करोड २८ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १५ करोड ७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १२ करोड ५० लाख रुपैयाँ, नेशनल इन्स्योरेन्स कम्पनीले ११ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS