काठमाडौं । लघु जीवन बीमकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म पौने ८ करोड रुपैयाँ माथिको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ३ लघु जीवन बीमकले यो ९ महिनाको अवधिमा ७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
तथ्यांकअनुसार सबैभन्दा बढी व्यापार क्रेष्ट माइक्रो लाइफको देखिएको छ। यो कम्पनीले ९ महिनाको अवधिमा ४ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
यसैगरी गार्डियन माइक्रो लाइफले पनि समीक्षा अवधिसम्म २ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। लिबर्टी माइक्रो लाइफले चैतसम्म १ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।