IME Life New

सानिमा जिआईसी इन्स्योरेन्सको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ३ लाख ६४ हजार २८६ कित्ता शेयर बिक्री राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ।

Esewa
Crest

खरिद आवेदन दिन कम्पनीले ३५ दिनको समयावधि दिएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS