IME Life New

लिबर्टी माइक्रो लाइफले बर्दिबासका थप २४५ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफले बर्दिबास नगरपालिकाको वडा नं. १० र १२ का थप २४५ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने भएको छ । उक्त सेवाका लागि इन्स्योरेन्स र बर्दिबास नगरपालिकाबीच सम्झौता भएको छ । उक्त नगरपालिका र यस लघु बीमा कम्पनीबीच गरिब , बिपन्नहरूका लागि बीमा गराउने सम्झौता सम्पन्न भएको हो ।

सोही अनुरुप कम्पनीले पहिलो चरणमा बर्दिबास न.पा. वडा नं १४ का न्यून आय भएका ब्यक्तिहरूले बीमा सेवा प्राप्त गर्ने गरी सम्झौता गरेको थयो भने अहिले दोस्रो चरणमा बर्दिबास न.पा. वार्ड नं १० र १२ को न्यून आय वर्गहरु थप २४५ जनाको सामुहिक म्यादी लघु जीवन बीमा गर्ने सम्झौता भएको हो हो ।

Esewa
Crest

यस सम्झौतासँगै , नगरपालिकाले अरू वडाका न्यून आय भएका ब्यक्तिहरूका लागि बीमा कार्यक्रम संचालन गर्दै जाने योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS