IME Life New

प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्सले २८ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चाल समितिको बैठक वार्षिक साधारणसभा आउँदो वैशाख २० गते काठमाडौंको तीनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्समा बिहान १० बजे सभा डाकेको हो।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८० साल असार मसान्तको वासलात तथा आव २०७९।८० को नाफा–नोक्सान हिसाब एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तनलगायत वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सञ्चालक समितिबाट प्रस्ताव गरेबमोजिम प्रस्तावित बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि आव २०७९।८० सम्मको सञ्चित नाफाबाट कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० को ०.२५ प्रतिशतले हुन आउने रकम रु. ३४ लाख ४० हजार ३०६ नगद लाभांश र ४.७५ प्रतिशतले हुन आउने रु. ६ करोड ५३ लाख ६५ हजार ८०७ रकमबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले आव २०८०।८१ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा (बहालवाला लेखापरीक्षक निलबहादुर सारुमगर (एनबीएसएम एन्ड एसोसियट्स) पुनः नियुक्तको प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

नेपाल बीमा प्राधिकरणबाट तोकिएबमोजिमको चुक्तापुँजी रु. २ अर्ब ५० करोड पुरÞ्याउन सम्बन्धित निकायले दिएको निर्देशनबमोजिम हुने गरी हकप्रद शेयर वा नियमानुसारको अन्य कुनै विकल्प भए सोहीबमोजिम हुने गरी बीमा प्राधिकरणको स्वीकृतिपश्चात आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। सञ्चालक समितिको संरचनामा परिवर्तन गरी सञ्चालक समितिमा कम्तीमा १ जना महिला सञ्चालक र १ जना स्वतन्त्र सञ्चालकसहित जम्मा ७ जनाको सञ्चालक समिति गठन गर्ने र सोहीबमोजिम नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ।

सभाले कम्पनीको मिति २०७५ जेठ १० गते सम्पन्न विशेष साधारणसभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारणसभासम्मका लागि पदावधि थप गर्ने तथा मिजास भट्टचनलाई सञ्चालक नियुक्त गर्नेबारे सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्नेछ।

कम्पनीको विशेष प्रस्तावअन्तर्गत प्रस्तावको निर्णय कार्यान्वयनको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। कम्पनीको संस्थापक शेयरधनी समूह ‘क’बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पद २ तथा संस्थापक शेयरधनी समूह ‘ख’ बाट १ (श्री कर्मचारी सञ्चय कोषबाट मनोनित र सर्वसाधारण शेयरधनी समूह ‘ग’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पद ३ को निर्वाचन सभाले गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ७ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS