IME Life New

सलिकोको १.१४ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (सलिको)को १ लाख १४ हजार बढी कित्ता शेयर आज चैत २८ गतेबाट बिक्रीमा राखिएको छ।

कुमारी बैंकको स्वामित्वमा रहेको सलिकाको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक शेयर बिक्रीम राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुमात्रै खरिद आवेदन पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

इच्छुक संस्थापक शेयरधनीले यो शेयर खरिदका लागि आउँदो जेठ १ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र काठमाडौंको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS