IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको बीमा अभिकर्ता तथा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले उदयपुर जिल्ला स्थित गाइघाटमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तथा क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम चैत्र २३ गतेबाट संचालन गरी चैत्र २६ गते सम्पन्न गरेको जनाएको छ ।

उक्त तालिममा उदयपुर, खोटाङ तथा सप्तरी जिल्ला बाट सहभागिहरुले सहभागिता जनाएका थिए । तालिममा कृषि, पशुपन्छी तथा जडिबुटी बीमालेख लगायत बीमाका सिद्धान्त, जोखिम तथा जोखिम न्यूनीकरण र व्यवस्थापन, बीमा ऐन तथा क्षती मुल्याङ्कनहरु को बिषयमा तोकिएको पाठ्यक्रममा आधारित रहि बीमा अभिकर्ता तथा क्षती मुल्याङ्कनकर्ता तालिम तथा परिक्षा सम्पन्न गराईएको जानकारी कम्पनीका कृषि विभाग प्रमुख तथा कार्यक्रम संयोजक उमेश ढकालले जानकारी गराए ।

Esewa
Crest

तालिम मा सहभागिहर सँग तालिम सुरु हुनु पुर्व तथा तालिम सम्पन्न पश्चात परिक्षा लिइ योग्य सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतमले जानकारी दिए ।

तालिम सम्पन्न भए पश्चात सहभागिहरुको तर्फ बाट शेर बहादुर कार्कीले तालिम संचालन गरेकोमा कम्पनीका प्रतिनिधिहरुलाई धन्यवाद ब्यक्त गर्दै यस्ता तालिमले आगामी दिनहरुमा कृषि बीमा लाई घर घरमा पुर्याउन ठुलो मद्दत पुगी भई परी आउने जनधनको क्षतीलाई बीमा मार्फत न्यूनीकरण गर्न सकिने विश्वाश ब्यक्त गरे ।

उक्त तालिममा अभिकर्ता तथा क्षती मुल्याङ्कनकर्ता गरी जम्मा २७ जना सहभागिहरुका साथै कम्पनी का गाइघाट शाखा प्रमुख डि।बि कटुवाल लगायत अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS