IME Life New

नेपाल इन्स्योरेन्सद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा २०८० साल चैत २४ गते देखि चैत २६ गतेसम्म आयोजना गरिएको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिम कार्यक्रममा नेपाल बीमा प्राधिकरण, सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख ह्रदयश्वर पण्डितले कृषि, पशुपन्छी तथा जडिबुटी बीमाको उद्देश्य र महत्वबारे प्रकाश पार्दे नेपाल सरकारले लिएको लक्ष्य अनुसार देशका ग्रामिणस्तरका कृषकहरु सम्म कृषि बीमाको पहुँच पु-याउने कार्यमा अभिकर्ताहरुको महत्वपुर्ण भुमिका रहेको उल्लेख गरे ।

कार्यक्रममा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्र नाथ उप्रेतीले कार्यक्रमको लक्ष्य अनुसार कार्वान्वयन गर्न सकेमा निश्चय नै कृषकहरु बढी लाभन्वित हुनुका साथै देशको कृषि विकासमा समेत थप टेवा पुग्ने हुँदा उक्त कार्यमा अभिकर्ताहरुले सहजिकरण गर्ने कुरामा विश्वस्त रहेको बताउँदै कार्यक्रममा सक्रिय रुपमा सहभागि भई कार्यक्रम सफल बनाउन सहयोग पु¥याउनु हुने सम्पूर्ण प्रशिक्षार्थीहरु लगायत सम्बन्धित सबै पक्षलाई धन्यवाद ज्ञापन गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS