काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडकी अध्यक्ष कृतिका अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।
उक्त शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा कम्पनी सचिव राजेन्द्र प्रसाद पाठकको उपस्थिती रहेको थियो ।
गत फागुन २७ गते धनगढीमा सम्पन्न कम्पनकिो प्रथम वार्षिक साधारण सभाबाट चयन भएका सञ्चालकहरुको चैत ७ गते बसेको बैठकले निज अग्रवालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो ।