IME Life New

दाबी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन युनाइटेड अजोड इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले बीमाको दाबी भुक्तानी लिन आउन बीमितहरुलाई आग्रह गरेको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गरी बीमा दाबी भुक्तानी लिन बाँकी बीमितले सम्पर्क गर्न आग्रह गरेको हो। कम्पनीमा प्राप्त भएका दाबी निवेदनहरुमध्ये लामो समयसम्म सम्पर्कमा नआएका दाबीकर्ताहरुलाई आवश्यक कागजातसहित दाबी फर्छ्यौटका लागि कम्पनीका नजिकका उपशाखा कार्यालय, शाखा कार्यालय, प्रादेशिक कार्यालय वा काठमाडौंको सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न सूचनामा आग्रह गरिएको छ।

Esewa
Crest

सम्बन्धित सर्भेयरलाई यथाशीघ्र सम्पर्क गरी सम्पत्ति बीमा, इन्जिनियरिङ बीमा, मोटर बीमा, मरिन बीमा, विविध बीमा, कृषि, पशुपन्छी तथा जडीबुटी बीमाअन्तर्गतका दाबीको भुक्तान लिन आउन कम्पनीले सूचित गरेको छ। यसका लागि कम्पनीले ३५ दिनको समयसीमा दिएको छ।

तोकिएको अवधिभित्र सम्पर्कमा नआउने बीमितको दाबी फाइल बन्द गरिने पनि कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS